Sat Jan 22 2022
मुख्य खबर

नागरिकता पाउनुपर्ने माग सहित माईतीघरमा धर्ना

नागरिकता बिहीनहरुले सरकारसँग नागरिकता पाउनु पर्ने माग गर्दै माईतीघर मण्डलामा धर्ना दिएका छन् ।
नागरिकताबिहीन नेपालीहरुले सरकारसँग नागरिकता पाउनु पर्ने माग गर्दै आज पनि माईतीघर मण्डलामा धर्ना दिएका हुन् ।

धर्ना कार्यक्रममा नागरिकताबिहीन नेपालीका राष्ट्रिय अध्यक्ष इन्द्रजित साहले जन्मसिद्ध र एकल आमाका सन्तानलाई सरकारले नागरिकता नदिएको र संविधान बनेको ६ वर्षसम्म नागरिकता ऐन संशोधन नगरेकोविरुद्धमा आफ्नो आन्दोलन केन्द्रित रहेको बताउनु भयो ।

उहाँले संविधानमा एकल आमा र जन्मसिद्धका सन्तानलाई नागरिकता दिने भनिए पनि ऐन संशोधन नगरी आफुहरुको अपहेलना गरिरहेको आरोप लगाउनु भयो ।
अध्यक्ष साहले सरकारले आफ्ना नागरिकहरुलाई अनागरिक रुपमा राख्न नपाउने भन्दै सरकारको बारम्बार ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरेको बताउनु भयो ।