जापानले गैर आवासीय नागरिकलाई आउँदो फेब्रुअरीको अन्त्यसम्म जापान प्रवेशमा रोक लगाउने भएको छ ।
जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोना महामारीका कारण विदेशीलाई फेब्रुअरीको अन्त्यसम्मका लागि प्रवेशमा रोक लगाउने जानकारी दिनुभयो । जापानमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै जापानमा ६ हजार ४ सय भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमणलाई मध्यनजर गर्दै जापानले देशब्यापी खोप अभियान चलाएको छ ।