जोडिनुहोस
  • होमपेज
  • सुन तस्करीबारे नेकपा एसको धारणा- सरकारको एउटा अंग कमजोर देखियो

सुन तस्करीबारे नेकपा एसको धारणा- सरकारको एउटा अंग कमजोर देखियो

काठमाडौं । नेकपा एकीकृतका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले भ्रष्टाचार र तस्करीजन्य गतिविधिलाई नियन्त्रण गर्नेगरी राज्य उभिनुपर्ने बताएका छन् ।

पार्टी सचिवालयको बैठकको निर्णय सार्वजनिकपछि सञ्चारकर्मीसँग बोल्दै उनले एक क्वीन्टल सुन तस्करी प्रकरणको छानबिन हुनुपर्ने बताए ।

पाण्डेले भने, ‘सुन काण्डमा सरकारको एउटा अंग कमजोर भएको देखियो । अर्को अंग तत्काल कारबाही गर्न सफल भएको देखियो । यस्ता विषयलाई कारबाही गर्ने सरकारका सबै अंग चुस्त दुरुस्त हुनुपर्छ । सेटिङ बिग्रिएको कारणले बाहिर आएको भन्ने कुराहरु पनि छ । त्यसलाई नियन्त्रण गर्न राज्य उभिनुपर्छ ।’

सरकारले अहिले ठीकै गरिरहेको उल्लेख गर्दै अन्य बहानामा सरकारको प्रयत्नलाई कमजोर पार्ने कुनै पनि बहानालाई राजीनामा माग्ने कुरा स्वीकार्य नभएको महासचिव घनश्याम भुसालले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका