Mon Jan 17 2022
मुख्य खबर

धादिङको रुबी भ्यालीमा पहिरो, डोजरसहित ३ जना बेपत्ता

काठमाडौं । धादिङको रुबी भ्यालीमा डोजरसहित तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आज बिहान साढे आठ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको खबर आएको र उद्धारको लागि टोली परिचालन गरिएको छ ।

पहिरोमा चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको स्थानीयले बताए ।