जोडिनुहोस
  • होमपेज
  • ओम्निया क्लबका सञ्चालक र बाउन्सर कुट्ने गुण्डा नाइके ‘सानुभाइ’ १० हजार धरौटीमा रिहा

ओम्निया क्लबका सञ्चालक र बाउन्सर कुट्ने गुण्डा नाइके ‘सानुभाइ’ १० हजार धरौटीमा रिहा

काठमाडौँ । गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई अदालतले १० हजार धरौटीमा छाड्न आदेश गरेको छ । ठमेलस्थित क्लब ओम्नियामा झगडा गरेको आरोपमा पक्राउ परेका उनीविरुद्ध ‘पटके झगडिया’को रूपमा अदालतमा मुद्दा दायर गरिएको थियो ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रकाश पण्डितले उनलाई १० हजार धरौटीमा छाड्न आदेश गरेका हुन् । तर, पुरानो मुद्दामा पनि जरिवाना र कैद तोकिएको भेटिएपछि उनी कारागार जाने भएका छन् ।

ठमेलस्थित क्लब ओम्नियामा झगडा गरेको आरोपमा सानुभाइ सँगै पक्राउ परेका अरू ६ जना छुटेका छन् । मङ्गलवार काठमाडौँका प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार अन्य ६ जना जनही ८ हजार धरौटी तिरेर छुटेका थिए । सानुभाइ भन्दा बाहेक अन्य आरोपित जनही ८ जना तिरेर रिहा भएका जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले जानकारी दिए ।

असार १५ मा क्लब प्रवेश गर्दा आफूलाई ‘सम्मान भएन’ भनेर सानुभाइसहितका युवाहरूले क्लब सञ्चालक राजेन्द्र गुरुङ, बाउन्सर र कर्मचारीलाई कुटपिट गरेर भागेका थिए ।

सानुभाइ इन्काउन्टरमा मारिएका ‘गुन्डा नाइके’ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी थिए । ओम्निया क्लवमा भएको झगडामा संलग्न आरोपमा प्रहरीले टोखा घर भएका ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, तनहुँ दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या–५ का कमल तामाङ, विनोद लामा र रघु लामालाई मुद्दा चलाएको थियो ।

कुमार गुरुङ ‘घैँटे’ इन्काउन्टरमा मारिएपछि युवराज गुरुङ ‘सानुभाइलेटप्रुफ ज्याकेट लगाएर हिँड्थे । बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्दै गरेको बेला २०७२ मा प्रहरीले उनलाई पक्रेर थुनामा राखेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका