Thu Jun 30 2022
मुख्य खबर

आजदेखि सिंहदरबार प्रवेशमा कडाइ

काठमाडौँ । सरकारले आजदेखि सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । कोरोना सङ्क्रमण जोखिमपछि प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो ।

बुधबार गृह मन्त्रालयले सूचना निकालेर सबै प्रकारका पास र अस्थायी परिचयपत्र खारेज गरेको छ । नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्रका लागि गृह मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ ।

सरसफाइकर्मी र पत्रकारको हकमा सूचना विभागबाट जारी भएको परिचयपत्रका आधारमा प्रवेश दिइनेछ ।