Mon Jan 24 2022
Breaking News

थप ३५५३ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

काठमाठौं । पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भने एक जनाको मृत्यु भएको छ ।

सोही अवधिमा २७१ जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो ।

यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ६१० पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना रहेका छन् ।