जोडिनुहोस
  • होमपेज
  • आज पनि बढ्यो सुनचाँदीको मूल्य

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य बढेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो बुधबारको तुलनामा सुन र चाँदीकै मूल्य बढेको जनाएको हो ।

आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ९०० रुपैयाँ कायम छ ।

हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । हिजो सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो । यस्तै, आज नेपाली बजारमा चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार यससँगै आज चाँदीको कारोबार प्रतितोला १४ सय ९० रुपैयाँमा भइरहेको छ । हिजो बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय ६५ रुपैयाँ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका