काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १४४९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
कुल सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै आधा बढी संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै ललितपुरमा ३१७ र भक्तपुरमा १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार हाल काठमाडौंमा ५ हजार ८४२ जना सक्रिय संक्रमित रहेका छन् भने ललितपुरमा १५९१ र भक्तपुरमा ९६३ जना रहेका छन् ।
हाल देशभर १४ हजार ३४० जना कुल सक्रिय संक्रमित रहेका छन् । यस हिसावले काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमित ८ हजार ३९६ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७१ जना निको हुँदा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।