Wed Aug 17 2022
आर्थिक

कस्तो छ देशको वर्तमान आर्थिक अवस्था ? (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकले देशको आर्थिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मुलुकको वर्तमान वित्तीय अवस्थाबारे बिहिबार एक प्रतिवेदन सार्वजनिक गरेको हो । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०७८र७९ को पाँच महिनाको विस्तृत वित्तीय प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनको मुख्य सारांश :

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.११ प्रतिशत छ ।
 आयात ५९.५ प्रतिशतले र निर्यात १०५.६ प्रतिशतले बढेको छ ।
 विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ६.८ प्रतिशत र अमेरिकी डलरमा ७.३ प्रतिशतले घटेको छ ।
 शोधनान्तर स्थिति रु.१९५ अर्ब १ करोडलेघाटामा छ ।
 कुल विदेशी विनिमय सञ्चिति १० अर्ब ३ करोड अमेरिकी डलर रहेको छ ।
 संघीय सरकारको खर्च रु.३८७ अर्ब ३ करोड र राजस्व परिचालन रु.४१२ अर्ब ४० करोड छ ।
 विस्तृत मुद्राप्रदाय १.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.९ प्रतिशतले बढेको
छ ।
 बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १.७ प्रतिशतले बढेको छ र निजी क्षेत्रमाथिको दावी ११.१ प्रतिशतले
बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.९ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर ३०.१
प्रतिशत छ ।

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Five-Months-data-of-2078.79