Thu Jun 30 2022
आर्थिक

आन्तरिक कर्जा ७.१ प्रतिशतले वृद्धि

आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा कुल आन्तरिक कर्जा ७.१ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकले मुलुकको वर्तमान वित्तीय अवस्थाबारे बिहिबार एक प्रतिवेदन सार्वजनिक गर्दै कुल आन्तरिक कर्जा ७.१ प्रतिशतले बढेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ६.१ प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७८ मंसिर मसान्तमा यस्तो कर्जा २८.५ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ११.१ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ७.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ मंसिर मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ३०.२ प्रतिशतले बढेको छ ।