Tue Jan 18 2022
मुख्य खबर

कोरोनाको जाखिम बढेपछि राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सर्‍यो

काठमाडौँ । राष्ट्रिय जनमोर्चा (राजमो) ले आउँदो फागुन ६ र ७ गते प्रदेश सम्मेलन गर्ने भएको छ ।

यसअघि पार्टीले आउँदो माघको १५ र १६ गते प्रदेश सम्मेलन तोकेको थियो । अहिले कोभिड–१९ (कोरोना भाइरस) को नयाँ भेरियन्टको बढ्दो जोखिम र कतिपय आवश्यक तयारी पूरा हुन नसकेका कारण सात वटै प्रदेश सम्मेलन केही हप्तापछि सारेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिनुभयो ।

देशव्यापीरूपमा सङ्गठन सुदृढीकरण अभियान थालेको पार्टीले मातहतका प्रदेश, जिल्ला, स्थानीय कमिटीलाई स्वास्थ्य मापदण्ड अपनाएर मात्र राजनीतिक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ । जनताको प्रत्यक्ष सरोकार राख्ने समस्या समाधानमा जनवर्गीय सङ्गठनलाई निर्देशन गरेको पार्टीले भिड हुने सभा–सम्मेलनलाई समेत स्थगित गरेको छ ।