Wed Aug 10 2022
समाचार

सङ्खुवासभामा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका ३ मा करेन्ट लागेर आज शुक्रवार एक जना प्राविधिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २८ वर्षीय अनिलकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

सभापोखरी गाउँपालिका–३ मा बनिरहेको स्वास्थ्य चौकी भवनको नजिकै रहेको ११ केभीको ट्रान्समिसन लाइन छुँदा उनलाई करेन्ट लागेको थियो ।