Mon Aug 8 2022
मुख्य खबर

एमाले महासचिव शंकर पोखरेललाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। उनले आफ्नो फेसबुकमार्फत सङ्क्रमण भएको जानकारी गराएका हुन्।

उनले लेखेका छन्, ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन। अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो। निर्धारित सबै कार्यक्रम स्थगित गरियो।’

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतलाई पनि सङ्क्रमण पुष्टि भइसकेको छ।