Mon Jan 24 2022
समाचार

८५ हजार ४ सय रुपैयाँसहित भक्तपुरबाट ७ जना जुवाडे पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट स्थित महेन्द्र शान्ति चोकबाट प्रहरीले ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४४ वर्षीय रामबाबु रानाभाट सहित ७ जना छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार रानाभाटको घरमा तास खेलिरहेको अवस्थामा बिहीबार साँझ पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले जुवा खालबाट ८५ हजार ४ सय ५५ रुपैयाँ र ३ बुक तास बरामद गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।