Wed Aug 10 2022
खेलकुद

अल्मुताइरीले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगका खेल रंगशालामा गएर नहेर्ने

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सहिद स्मारक ए डिभिजन लिगका खेलहरु मैदानमा गएर नहर्ने बताएका छन् ।
लिगमा सहभागी क्लबहरुले अलमुताइरीले बन्द प्रशिक्षमा परेका खेलाडीलाई विभिन्न खाले दबाब दिएको गुनासो गरेपछि अलमुताइरीको यस्तो भनाइ आएको हो ।
‘यदि लिग खेलहरुमा मेरो उपस्थितिले खेलाडी वा क्लबहरुमाथि दवाव पर्छ भने मसँग समाधान छ, म टेलिभिजनमा खेलहरु हेर्छु,’ अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
अलमुताइरीले आफूले कहिल्यै पनि कुनै खेलाडीलाई लिगका खेलमा शतप्रतिशत प्रदर्शन नगर्न दवाव नदिएको दावी गरे ।
‘मलाई विश्वास छ कि क्लबमा शतप्रतिशत नखेल्ने खेलाडीले राष्ट्रिय टोलीमा कहिल्यै पनि शतप्रतिशत प्रदर्शन गर्न सक्दैनन,’ उनले थपे ।

अलमुताइरीले फुटबलको विकासका लागि क्लब र लिग फुटबल नै मुख्य कारक रहेको भन्दै आफूले कसरी खेलाडीहरुलाई शतप्रतिशत प्रदर्शन नगर्न आग्रह गर्न सक्छु भन्दै प्रश्न समेत गरेका छन् ।