Wed Jan 26 2022
Breaking News

नेपालमा एकैदिन थप ५ हजार ८७ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको पिसिआर परीक्षणबाट ४ हजार २०४ र एन्टिजेन परीक्षणबाट ८८३ जना गरि ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । धेरै समयपछि एकैदिन ५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो । अहिले देशभर १८ हजार २ सय ३५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३०६ जना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा काठमाडौं उपत्यकामा मात्र २ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार ९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ जना संक्रमित थपिएका छन् ।