जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति पौडेलले गरे मिटरब्याज सम्बन्धी संशोधन विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलले गरे मिटरब्याज सम्बन्धी संशोधन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याज सम्बन्धी मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

दुवै सदनबाट पारित भएर आएपछि राष्ट्रपति पौडेलले आज विधेयक प्रमाणीकरण गरेका हुन् । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताएकी छन् ।

सो विधेयक प्रमाणिकरणपछि अनुचित लेनदेनलाई (मिटरब्याज) कानुनको दायरामा ल्याउने बाटो खुलेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका