Wed Jan 19 2022
मुख्य खबर

रुपन्देहीमा ६ लाख बढीलाई कोभिडबिरुद्धको खोप

रुपन्देहीमा खोप लगाउन योग्य अर्थात १८ बर्षमाथिका झण्डै ९० प्रतिशत नागरिकले कोभिडबिरुद्धको पहिलो मात्रा लगाएका छन ।
रुपन्देहीको कुल जनसंख्याको खोप लगाउन योग्य (१८ वर्ष भन्दा माथिका) ७ लाख १३ हजार १ सय ६८ जनामध्ये ६ लाख ४० हजार जनाले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका हुन् ।

जिल्लाको कुल जनसंख्या १० लाख ८७ हजार ४ सय ६४ रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ति मध्ये करिब ६० प्रतिशतले दुवै मात्रा खोप लगाईसकेका छन भने झण्डै ३० प्रतिशत दोश्रो डोजको पर्खाइमा रहेका छन् ।

१८ बर्षमाथिका मध्ये १० प्रतिशतले हालसम्म खोप लगाएका छैनन् । जिल्लामा कोरोना विरुद्धको कोभिसिल्ड, भेरोसिल, जोनसन एण्ड जोनसन, फाइजर, मोर्डेना र एस्ट्राजेनिका खोप दिइसकिएको छ ।