Thu Jun 30 2022
खेलकुद

पीएम कप : नेपाल पुलिस क्लब र प्रदेश-१ को खेल स्थगित

काठमाडौँ । पीएम कप टी–२० राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लब र प्रदेश नम्बर १ बीचको खेल स्थगित भएको छ ।

प्रदेश-१ का खेलाडीमा कोरोना भएको आशङ्कापछि बिहान ९ बजे त्रिवि मैदान कीर्तिपुरमा हुने खेल स्थगित गरिएको हो ।

कोरोना परीक्षणपछि मात्र खेलबारे निर्णय हुने भएको छ । कीर्तिपुर मैदानमा दिउँसो १ बजे वाग्मती प्रदेश र गण्डकी प्रदेश खेल्दै छन् ।