Thu Jun 30 2022
मुख्य खबर

इन्डोनेसिया भूकम्पबाट भौतिक संरचनामा क्षति

इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट भौतिक संरचनामा ठूलो क्षती भएको छ ।

सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार भूकम्पका कारण झण्डै ९०० घर क्षतीग्रस्त भएका छन् ।

भूकम्पले मानवीय क्षती भएको विवरण भने अहिलेसम्म प्राप्त नभएको सरकारी अधिकारीको भनाइ छ । उनीहरुले अहिलेसम्म दुई जना घाइते भएको विवरण मात्रै प्राप्त भएको जनाएका छन् ।

इन्डोनेसियाको राजधानी जाकार्ता र त्यस वरपरलाई केन्द्रमा राखेर शुक्रबार ६।६ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीले जनाएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार बेलुका ४.०५ मिनेट भूकम्प आएको हो । इन्डोनेसियामा बेला बेलामा भूकम्प आइरहने गरेको छ ।