Wed May 18 2022
अन्तर्राष्ट्रिय

भारतीय क्रिकेट खेलाडी विराट कोहलीले टेस्ट कप्तानी छाडे

एजेन्सी । भारतीय क्रिकेट टोलीका खेलाडी विराट कोहलीले टेस्ट कप्तानी पनि छाडेका छन् ।

कोहलीले सामाजिक सन्जालबाट कप्तानी छाडेको जनाएका छन् । सन् २०१४ मा महेन्द्रसिंह धोनीले छाडेपछि कोहलीले भारतीय टेस्ट टोलीको नेतृत्व गर्दै आएका छन् ।

कोहलीले दुई महिना अघि टि२० आईको कप्तानी छाडेका थिए । कोहली तीन टेस्ट सिरिज र तीन ओडिआई सिरिजको लागि दक्षिण अफ्रिकामा छन् ।

भारतले कोहलीलाई यसै सिरिज मार्फत भारतीय ओडिआई टोलीको कप्तानीबाट भने हटाएको थियो ।

भारतले एक दिन अघि दक्षिण अफ्रिकासँग तीन टेस्ट खेलको सिरिज २–१ ले गुमाएको थियो । उक्त सिरिज पछि कोहलीले भारतीय टोलीको नेतृत्व छाडेका हुन् ।

अब तीन ओडिआई अन्तर्गत पहिलो ओडिआई १९ जनवरीमा सुरु हुने छ । भारतको कप्तानी लोकेश राहुलले गर्ने छन् । कोहली भारतका टेस्टका सर्वाधिक सफल कप्तान हुन् ।