Wed May 18 2022
देश

सोलुखुम्बुको दुधकोशी मोटरेबल पुल सञ्चालनमा

काठमाडौं । सगरमाथा खुम्बु जोड्ने वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बुमा विदेशी पर्यटक वृद्धि भएको छ ।

सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हाम्बु गाउँपालिकाको बीचमा रहेको दुधकोशी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा धुम्न जाने पर्यटक वृद्धि भएको स्थानीयहरुले बताउनु भएको छ ।

सगरमाथा खुम्बु जोड्ने ४८ मिटर लामो पुल निर्माण भएसँगै यस क्षेत्रमा कृषिजन्य सामाग्रीको ढुवानीदेखि धुम्न आउने पर्यटकको लागि राम्रो भएको स्थानीयहरुको भनाई छ ।

सोलुखुम्बु जिल्ला प्रदेश नम्बर एकको ख तर्फका प्रदेश सांसद बद्रीकुमार राजभण्डारीले पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै खुम्बु क्षेत्रका स्थानीयले उपभोग गर्ने वस्तुको मूल्यमा कमि आएको बताउनु भयो ।

त्यस्तै, खुम्बु गाउँपालिकाका स्थानीय बासिन्दाहरुले पनि पुल निर्माण भएर मोटरबाटो सञ्चालनमा आएकोमा खुसी छन् ।

खुम्बुका स्थानीय गौरव राईले पुल निर्माणले खुम्बुका स्थानीयबासीलाई मात्रै नभएर विश्वबाट सगरमाथा आउने पर्यटकको लागि राम्रो भएको बताउनु भयो ।

उहाँले सोलुखुम्बु हिमाली जिल्ला भएको र मौसम परिर्वतन भइरहने भएकाले कतै आवत जावतको लागि हवाइ उडानमार्फत गर्नुपर्ने अवस्था रहेको तर गरिब जनताको पँहुज नपुग्नेको लागि सडक पुल निर्माणले महत्वपूर्ण योगदान गरेको बताउनु भयो ।

खुम्बुमा सडक सञ्चालन नहुँदा यस क्षेत्रको अवस्था एकदमै कठिन रहेको तर पुल निर्माण भएर सञ्चालनमा आएसँगै खुम्बुमा उत्पादन भएका कृषिजन्य वस्तु अन्य स्थानमा लगेर बेच्न सक्ने अवस्था आएको स्थानीयबासीन्दाहरुको भनाई छ ।