Wed May 18 2022
देश

राष्ट्रिय सभाको बैठक माघ ३ गते बस्ने गरी स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

यही माघ ३ गते दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगित भएको छ ।

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगित भएको सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए ।