जोडिनुहोस
  • होमपेज
  • भुटानले १९ औँ एशियाली खेलकुद प्रतियोगितामा २८ खेलाडी पठाउँदै

भुटानले १९ औँ एशियाली खेलकुद प्रतियोगितामा २८ खेलाडी पठाउँदै

थिम्पु– भुटानले यसपालीको १९ औँ एशियाली खेलकुद प्रतियोगितामा २८ खेलाडी पठाउने भएको छ जुन अहिलेसम्मकै धेरै हो । १९ औँ संस्करणको एशियाली खेलकुद चीनको हान्जाउमा सेटेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछ । भुटान लाइभ अनुसार २८ खेलाडीले विभिन्न १० विधामा प्रतिस्पर्धा गर्नेछन् । भुटानी खेलाडीले कराते, बक्सिङ, तेक्वान्डो, गल्फ, आर्चरी, सुटिङ, स्वीमिङ, एथलेटिक्स्, जुडो र ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्नेछन् ।

भुटानको जुडो, स्वीमिङ, कराते र व्याडमिन्टनमा पहिलो सहभागिता हो । उक्त प्रतियोगितमा २८ खेलाडी सहित १० प्रशिक्षक पनि सहभागिता जनाउनेछन् । प्रतियोगिताको लागि खेलाडीले तयारी गरिरहेका छन् । खेलको तयारी देश र देश बाहिर पनि भइराखेको छ । ब्याडमिन्टन खेलाडीले प्रक्षिक्षण थाइल्याण्डमा गरिरहेका छन् भने चार तेक्वान्डो खेलाडीको प्रक्षिक्षण दक्षिण कोरियाको कुङ–इल विश्वविद्यालयमा भईराखेको छ । यस्तै, ३० वर्षिय लेन्चु कुइनजाङ एयर राइफलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

५ हजार मिटर दौड १७ मिनेट २४ सेकेण्डमा पार गरेकी गोमा प्रधान अझै पनि छनोट प्रक्रियामा रहेकी छिन् । यसले भुटानले खेलाडीलाई राम्रो प्रक्षिक्षण दिनुको साथै उत्कृष्ट खेलाडी सहभागितामा जोड दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका