जोडिनुहोस
  • होमपेज
  • अनिशाको प्रश्नमा अजेषले भने ‘जे छु ठिकै छु’

अनिशाको प्रश्नमा अजेषले भने ‘जे छु ठिकै छु’

कुशल नृत्यांगना तथा मोडेल अनिशा ओली र ‘द भ्वाइस अफ नेपाल’ फेम्ड गायक अजेष पौडेलको नयाँ गित सार्वजनिक भएको छ। सार्वजनिक ‘जे छु ठिकै छु’ बोलको गितमा गायक अजेशको स्वर रहेको छ । साथै गितको म्युजिक भिडियोमा अजेश र अनिशाको अभिनय रहेको छ । भिडियोमा रुबिन खत्रिको समेत विषेश भूमिकामा अभिनय रहेको छ ।

सिनेरा फिल्म्स ब्यानर तथा अजेषको निर्माणमा बनेको गीतको भिडियोमा अजेष र अनिशाको अभिनय तारिफ योग्य छ। माया प्रेम र बिछोडको समिश्रणका साथ तयार भएको गीतको भिडियो निकै उत्कृष्ट पनि बनेको छ। भिडियोमा अजेष र अनिषालाई अशोक भुजेलले निर्देशन गरेका हुन्।

सार्वजनिक गीतमा द भ्वाइस अफ नेपालबाटै चर्चित अर्का गायक डम्बर हिङ्ग्मांगको शब्द सङ्गीत, देवाशिश तामाङको एरेन्ज, मनोज थापा मगरको मिक्सिङ्ग तथा मास्टरीङ्ग, विकास दाहालको सम्पादन, अनिल कटवालको छायाङ्कन रहेको छ।

अनिशा अहिले टिकटकमा निकै चर्चामा रहने गरेकि छिन् । उनी यस अघि दुई वटा टेलिभिजन डान्स रियालीटी शोमा शिर्ष समुहमा परिसकेकि छन् । अजेशले द भ्वाइसमा जानु भन्दा अगाडी पनि धेरै गीतहरूमा आफ्नो आवाज भरिसकेका छन्। यस अघि अजेशले ‘भंगेरी चरी’ बोलको गीत सार्वजनिक गरेका थिए ।

भिडियोः

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका