Thu May 26 2022
देश

चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैंडाको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु भएको छ ।

शनिबार राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका९२८ गोलाघाटका ६० वर्षीय सुकबहादुर कुमाललाई गैंडाले आक्रमण गरेको थियो ।

अचेत अवस्थामा फेला परेका कुमालको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।

घाँस काट्न गएका सुकबहादुर अबेरसम्म पनि घर नफर्किएपछि स्थानीयहरू उनको खोजीमा गएका थिए ।

सुकबहादुरको शरीरमा लागेको चोटका आधारमा गैंडाले नै उनलाई आक्रमण गरेको हुन सक्ने अनुमान स्थानियको छ ।

मृतकको शवलाई भरतपुर अस्पतालमा राखिएको छ ।

यस विषयमा निकुञ्जलाई भने केहि जानकारी नरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।