बुटवल । रुपन्देहीको बुटवलमा एक युवक सडक किनारको खाल्डोमा आज बिहान मृत फेला परेको छ ।
उनलाई आइतबार बिहान मात्रै स्थानीयले खाल्डोमै मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
गुल्मी स्थायी घर भई हाल बुटवलमा बस्दै आएका शोभाखर पन्थ मृत फेला परेका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
पन्थले कलाकारिताको क्षेत्रमा काम गर्दै आएका थिए ।
उनीसँगै लु ७० प १३५३ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
बुटवलको योगीकुटीबाट पश्चिमतर्फ जाँदै गर्दा पन्थ गएराति दुर्घटनामा परेर खाल्डोमा खसेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।