Tue May 17 2022
समाचार

पुलबाट खसेर मोटरसाइकलमा सवार महिलाको मृत्यु

कैलाली । मोटरसाइकलमा सवार रहेकी कैलालीकी एक महिलाको पुलबाट खोलामा खसेर मृत्यु भएको छ । गए राति धनगढी उपमहानगरपालिका १६ पथरीस्थित गोकंनरी खोलाको पुलबाट ४० वर्षीया ऐतवारी राना खसेकी थिइन् ।

सु.प.प्र. ०१ ००९ प ५९७९ नम्बरको उक्त मोटरसाइकल ३८ वर्षीय रजेश रानाले चलाएका थिए । मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

पुलबाट खसेकी रानाको खोलाको पानीमा परेर घटनास्थलमै मृत्यु भएको हो।