Tue May 17 2022
मुख्य खबर

टिपर र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

हेटौँडा । मकवानपुरको मनहरीमा सवारी दुर्घटनामा परी एक जना महिलाको मृत्यु भएको छ ।

मनहरी गाउँपालिका वडा नम्वर–७ स्थित पूर्वपश्चिम राजमार्ग अन्तरगतको सडकमा टिपर र मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार चितवन भरतपुर महानगरपालिका वडा नम्बर–१२ बस्ने ५५ बर्षीय तारादेवी रेग्मीको मृत्यु भएको हो ।