Sat May 21 2022
समाचार

आफैंले चलाइरहेको ट्याक्टरबाट खसेर मृत्यु

सर्लाही । सर्लाहीमा ट्याक्टर चलाइरहेकै बेला अचानक खसेर चालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार सर्लाहीको गोडैता नगरपालिका–४ रोहवामा आइतबार राति गुडिरहेको ना ७ त ५६८ नम्बरको ट्याक्टरबाट रौतहटको वृन्दावन नगरपालिका–७ धमौराका १८ वर्षीय चालक आशिर मन्सुर लडेका हुन्।

हाल गोडैता नगरपालिका बस्ने गरेका मन्सुर राति साढे ११ बजेतिर गुडिरहेको ट्याक्टरबाट अचानक खसेर गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।