सुर्खेत । सुर्खेतमा कोठाभित्र कोइला बालेर सुतेका एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थिति बुदबुदीमा
कोइला बालेर कोठाभित्र सुतेका आमासहित तीन जना बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३५ वर्षीया कल्पा बुढा (बिसी), ९ वर्षीय छोरा निरज बुढा, ८ वर्षीय छोरा चिरञ्जीवी बुढा र ५ वर्षीय सोमराज बुढाको मृत्यु भएको प्रहरीले जानकारी लिउको छ ।
कल्पाका श्रीमान् कृष्णबहादुर विसी जाजरकोटको शिवालय गाउँपालिकामा कार्यरत छन् । मृतक सोमराज कृष्णका दाईका छोरा हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवंम प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार उनीहरु शुक्रबार राति साढे नौ बजेतिर कोइला बालेर कोठामा सुतेका थिए ।
शनिबार बेलुकी साढे ७ बजेतिर घटनास्थल पुगेको प्रहरीले जनप्रतिनिधि र स्थानीयको रोहबरमा घरको ढोका फोडेको डीएसपी घर्तीले जानकारी दिए ।
कल्पाका श्रीमान कृष्णबहादुर जाजरकोट भएकाले आइतबारमात्र प्रहरीले मुचुल्का उठाई अनुसन्धान अघि बढाएको छ ।
मृतकहरुलाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको घर्ती बताउँछन् । उ