जोडिनुहोस
  • होमपेज
  • कोशी सरकार नेतृत्वको दाबी गर्ने आज अन्तिम दिन

कोशी सरकार नेतृत्वको दाबी गर्ने आज अन्तिम दिन

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने आज अन्तिम दिन हो । सर्वोच्च अदालतले यसअघि गठन गरेको नेपाली कांग्रेसको सरकारलाई अवैधानिक करार गरिदिए पछि पुनः आह्वान भए अनुसार आज समय सीमा सकिँदैछ ।

प्रदेश प्रमुख परशुराम खापुङका अनुसार संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिने लागेको हो ।

यसअघि सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका थापाको नियुक्ति सर्वोच्च अदालतले बदर गरिदिएपछि कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । जसअनुसार आज नयाँ सरकारका लागि दाबी पेश गरिसक्नु पर्ने हुन्छ ।

कोशी प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनसँग सभामुख बाहेक ४६ सांसद छन् भने सत्तारुढ इतर रहेका नेकपा एमालेसँग ४० तथा राप्रपासँग ६ जना सांसद रहेका छन् । सरकार बनाउन ४७ मत आवश्यक पर्ने भए पछि कोशी सरकार गठनमा समस्या देखा परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका