नवलपरासी । नवलपरासी (पूर्व)मा आइतबार एक महिला मृत फेला परेकी छन् ।
जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–४ बगैँचा बस्ने ४० वर्षीया सरीता कुमाल आफ्नै घरबाट ५ सय मिटर टाढा गोरेटो बाटोमा मृत फेला परेके हो ।
कुमालको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिएका छन् ।
उनका अनुसार पोस्टमार्टम रिर्पोट आए पछि मात्र घटनाको अनुसन्धान अगाडि बढाइने छ । कुमालका श्रीमान घरमै छन् । उनका दुई सन्तान छन् ।