Fri May 27 2022
अन्तर्राष्ट्रिय

भारतमा कोरोना कहर : २४ घन्टामै साढे दुई लाख संक्रमित थपिए

काठमाडौं । भारतमा पछिल्लो २४ घन्टामा २ लाख ५७ हजार ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सो अवधिमा ३८३ जना संक्रमितले ज्यान गुमाएको परिवार कल्याण मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यही अवधिमा एक लाख ५१ हजार ४४५ जना संक्रमणमुक्त भएका छन्। भारतमा सक्रिय संक्रमितको संख्या १६ लाख ६४ हजार ७७८ रहेको छ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र, कर्नाटक, तमिलनाडू, दिल्ली र पश्चिम बंगाल राज्य रहेको मन्त्रालयको भनाइ छ।

भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ७१ लाख २२ हजार १६४ पुगेको छ भने चार लाख ८६ हजार ६६ जना संक्रमितले ज्यान गुमाइसकेका छन्।