बर्दिया । बर्दियामा १० वर्षे शिक्षा सुधार योजनाअन्तर्गत स्थानीय पाठ्यपुस्तक र शिक्षक डायरी लागू गरेको छ ।
बारबर्दिया नगरपालिकाले सञ्चालन गरिरहेको १० वर्षे शिक्षा सुधार योजनाअन्तर्गत स्थानीय पाठ्यपुस्तक र शिक्षक डायरी लागू गरेको हो ।
उक्त योजनामा एक दशकमा नगरपालिकाको शिक्षा अवस्थाबारे परिकल्पना गरिएको छ ।
एक दशकमा यहाँका विद्यार्थी अब्बल हुने र पालिकाको शैक्षिक गुणस्तर उकास्ने नगर प्रमुख दुर्गाबहादुर थारुले दाबी गरेका छन् ।
शिक्षा सुधार योजनाअन्तर्गत भौतिक पूर्वाधार, कक्षाकोठा, फर्निचरलगायत कार्यालय कक्षमा सम्पूर्ण व्यवस्था गरिने भएको छ ।
विद्यालयमा कुनै कुराको अभाव हुन नदिने शिक्षा योजनामा रहेको छ । यस योजनाको सम्पूर्ण बजेट बारबर्दियाले खर्च गर्ने भएको छ ।