एजेन्सी । यस वर्षको स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ ।
साउदी अरबियाको रियादमा गएराति भएको फाइनल खेलमा एथ्लेटिक बिल्बाओलाई २–० ले हराउँदै रियलले उपाधि जितेको हो ।
खेलमा रियललाई विजयी गराउन करिम बेन्जमा र लुका मोड्रिचले एक एक गोल गरे । जितसँगै रियाल मड्रिडले १२ औं पटक स्पेनिस सुपर कपको उपाधि जितेको हो ।
अब रियाल चिर प्रतिद्वन्द्वी बार्सिलोनाको १३ वटा उपाधिभन्दा एक उपाधि मात्रै टाढा छ ।