एजेन्सी । सत्ता सम्हालेको एक वर्ष पुग्नै लागेको बेलामा अमेरिकाका राष्ट्रपति जो बाइडनप्रति जनता निराश रहेको सर्वेक्षणमा खुलासा भएको छ ।
ताजा सर्वेक्षणमा अधिकांश अमेरिकीहरूले देशको स्थिति कमजोर रहेको बताइएको छ ।
सीबीएसको नयाँ सर्वेक्षणमा सहभागीमध्ये आधाले बाइडनको पहिलो वर्षबाट उनीहरू निराश र आक्रोशित भएका छन् ।
अन्य ४० प्रतिशतले बाइडनको शासनले आफूहरूलाई अत्याएको बताइएको छ ।
जम्मा २५ प्रतिशतले बाइडन ह्वाइट हाउसमा हुँदा आफूहरू शान्त र सन्तुष्ट रहेको बताए । बाइडनको समग्र समर्थन सूचकांक ४४ प्रतिशत छ ।