Wed May 18 2022
खेलकुद

फुटबल विकासका लागि नेपाल र साउदी अरेबीयाबीच सम्झौता

काठमाडौँ । फुटबल विकासका लागि नेपाल र साउदी अरेबियाबीच सम्झौता भएको छ ।

फुटबलका विभिन्न पक्षको विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबियन फुटबल फेडेरेसन (साफं) बीच दुई वर्षको सम्झौता भएको हो ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफका अध्यक्ष यासेर अलमिसेहालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताका लागि एन्फा अध्यक्ष शेर्पा साउदीको भ्रमणमा रहेका छन् ।
सम्झौता अनुसार दुबै देशले फुटबल गतिविधिका लागि एक अर्कालाई आथित्यता प्रदान गर्नेछ ।