जोडिनुहोस
  • होमपेज
  • दुग्ध विकास संस्थानमा मनपरी, घ्यू चोरेर सिसीटिभी गायब !

दुग्ध विकास संस्थानमा मनपरी, घ्यू चोरेर सिसीटिभी गायब !

दुधको व्यवस्थापन गर्ने एक मात्र सरकारी निकाय दुग्ध विकास संस्थान डिडिसीको महाप्रबन्धक सञ्जिब झाले किसानलाई मर्का पर्ने गरी अवैध काम गरेको खुलेको छ । भारतबाट अवैध दुध ल्याउने, किसानको भुक्तानी नदिने र संस्थानको घ्यू समेत चोरी गरेको खुलेको छ । पहुँचको भरमा डिडिसीको प्रमुखका नियुक्त भएका झाले डिडिसीलाई खोक्रो बनाउने खेलमा लागेको किसानहरुको आरोप छ ।

किसानहरुले उत्पादन गरेको दुधको उचित बजार व्यवस्थापन गर्ने उद्धेश्यले स्थापित दुग्ध विकास संस्थान (डिडिसी) किसान ठग्न सक्रिय भएको छ । शक्ति केन्द्रलाई रिझाएर महाप्रबन्धकमा नियुक्ती भएका सञ्जिब झाले नेतृत्व सम्हालेपछि डिडिसीको अधोगती लाग्न सुरु भएको हो ।

झुटा र मापदण्ड नपुग्ने कागजात पेश गरी कार्यविधि मिचेर नियुक्ती भएका सञ्जिले प्रमुख भएको फाईदा उठाउँदै डिडिसीलाई लुटेर खोक्रो बनाउन लागि परेका छन् । पहुँचको आधारमा डिडिसीको जिम्मेवारी सम्हाल्न पुगेका सञ्जिबले अवैध दुध तस्कर, मनपरी दुधको मुल्य घटाउने वा बढाउने, किसानलाई लामो समयदेखी भुक्तानी नदिनेलगायतको काम गरेका छन् ।

सञ्जिबको यो कर्तुतले सरकार त ठगिएको छ नै रात दिन नभनी दुख गर्ने किसानहरु समेत मारमा परेका छन् । महाप्रबन्धकको अयोग्य कार्यदक्षताका कारण डिडिसीलाई नाजुक अवस्थामा पु¥याएको भन्दै किसानहरुले उनलाई पदबाट हटाउनुपर्ने सम्मका माग राखेका छन् ।

२०७८ चैत १४ मा दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जिब झा नियुक्त भएपछि डिडिसस् घाटामा गएको छ । संस्थानलाई भन्दा आफ्नो निजी डेरीलाई उकास्न तर्फ यि महाप्रबन्धकको ध्याउन्न हुँदा संस्थान टाट पल्टिन अवस्थामा पुगेको छ । नियम अनुसार यस संस्थामा कार्यरत कर्मचारीले निजि डेरीलाई उकास्न नपाईने भएपनी उनले भने सेल्स म्यानहरुसँग मिलेर निजि डेरीलाई उकासीरहेका हुन् ।

संस्थान घाटामा गएको भन्दै उनले ४ महिनादेखी किसानहरुको भुक्तानी समेत दिन सकेका छैनन् । तर, अवैध रुपमा भारतबाट दुध ल्याउनका लागि अग्रिम भुक्तानी भने दिएका छन् । उनले दुग्ध विकास संस्थानको सञ्चालक समितिको अध्यक्ष पद रिक्त रहेको अवस्थामा दुधको मूल्य घटाएको गोप्य सूचना बाहिरीएको छ ।

सञ्जिबले संस्थानको घिउ समेत चोरी गरेर सिसिटिभी फुटेज नै गायब बनाएको केही व्यक्तिहरुले बताएका छन् । यही विषयमा कुरा गर्न उनलाई सिधै भेट्न जाँदा उनले सूचना अधिकारीसँग कुरा गर्न भनेपछि राजेन्द्र अधिकारीलाई भेटेर कुरा गर्दा उनले महाप्रबन्धकको बचाउमा बोलेका छन् ।

महाप्रबन्धकको बचाउ गरेर अधिकारीले नुनको सोझो गरेका छन् । तर, किसानको पसिनालाई माटोमा मिलाएर आफ्नो दुनो सोझाउन तर्फ लागेका सञ्जिबले महाप्रबन्धक पदको व्यक्तिगत फाइदा लिँदा संस्था नै कंगाल हुने अवस्थामा पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका