Fri May 27 2022
मुख्य खबर

वीर अस्पतालमा मात्र ७६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– कोभिड युनिफाइड अस्पताल वीर अस्पतालमा सोमबारसम्म ७६ जना स्वास्थ्यकर्मी संक्रमित भएर होम आइसोलेशनमा बसेका छन् ।

अस्पताका उपनिर्देशक डाक्टर प्रज्वल श्रेष्ठका अनुसार स्वास्थ्यकर्मी आफै संक्रमित हुँदा पनि उपचारमा प्रभाव परेको छैन ।

वीर अस्पतालमा कोरोना संक्रमणको जानकारी दिनका लागि २४ घण्टा खुला रहने टोल फ्रि नम्बर पनि सुचारु गरिएको छ ।