Tue May 17 2022
मुख्य खबर

महामारीसँग जुध्न आवश्यक सबै तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीसँग जुध्न आवश्यक सबै तयारी गर्न निर्देशन दिएका छन् ।

सोमबार बालुवाटारमा बसेको बिपद न्युनीकरण राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री देउवाले नाकाका सबै क्षेत्रमा होल्डिङ सेन्टर र कोरोना परिक्षणका साथै महामारीसँग जुध्न आवश्यक सबै तयारी गर्न निर्देशन दिए ।

होल्डिङ सेन्टर र आइसोलेशनका लागि ठाँउ अभाव भए खाली रहेका बिद्यालयको प्रयोग गर्नुपर्ने उनले बताए ।

खोप प्रयाप्ततालाई बढाएर बुष्टर डोजका साथै सबै स्वास्थ्यसंस्थामा प्रयाप्त अक्सिजनको व्यवस्था गरिने उनले बताए । प्रधानमन्त्री देउवाले हर हालतमा जनताको ज्यान जोगाउन सरकाररले कुनै कसर बाँकी नराख्ने बताए ।

सबै भीडभाड हुने कार्यक्रमहरु रोक्ने र राजनीतिक दलहरुले पनि सचेतनामुलक अभियान सञ्चालन गर्नुपर्नुपर्नेमा उनले जोड दिए । प्रधानमन्त्री देउवाले कोरोनाको नयाँ भाइरस छिटो सर्ने भएकाले पनि थप जोखिमयुक्त रहेकाले सबै सचेत रहनुपर्ने बताए ।

बैठकमा बिपक्षी दल नेकपा एमालेका उपनेता सुवास नेम्वाङले कोरोना परिक्षणको दायरा बढाउन सुझाव दिए ।

स्वास्थ्यउपचारमा देखिने समस्याहरुलाई समयमा नै समाधान गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले खोप अभियानलाई तीव्रता दिइएको र तेस्रो डोजको पनि सुरुवात गरिसकेको जानकारी दिए ।