Wed May 18 2022
मुख्य खबर

मौषम : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्न सुरु भएको छ । सो प्रणालीका कारण आज पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार बिहान प्रदेश १ र प्रदेश २ ९मधेश प्रदेश० लगायत पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु कुहिरो लागेको महाशाखाले जनाएको छ ।

दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै, राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।