Fri May 20 2022
अन्तर्राष्ट्रिय

भारतको अरुणान्चल प्रदेशको बसारमा भूकम्प

एजेन्सी । भारतको अअरुणान्चल प्रदेशको बसारमा मंगलबार बिहान भूकम्प ४ दशमलब ९ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्प ४ दशमलब ९ म्याग्निच्युडको गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बसारको उत्तरपश्चिम केन्द्र बिन्दु रहेको सो भूकम्पको गहिराई १० किलोमिटर रहेको थियो ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन् । भूकम्प गएपछि स्थानीय मानिस घरबाहिर निस्केका थिए । भूकम्प अरुणान्चल प्रदेशका अन्य जिल्लामा पनि महशुस गरिएको थियो ।

यसअघि पश्चिम अफगानिस्तानमा भूकम्प जाँदा कम्तिमा २६ जनाको मृत्यु भएको थियो ।