Thu May 26 2022
देश

नाकामा हुने आवागमन बन्द गर्न बर्दियाका व्यवसायीद्वारा सिडिओलाई ध्यानाकर्षण

मुरली गोडिया । कोरोना भाईरस ओमिक्रोनको महामारी फैलिरहेका बेला सिमा नाका हुने आवागमन बन्द गर्न बर्दियाका व्यापारीहरुले सिडिओलाई ध्यानाकर्षण गराएका छन् ।

धार्मिक मेला, हाटबजार बन्द भएपनि भारतीय सीमावर्ती बजारहरुमा नेपालीहरुको घुईचो लागेपछि मुख्य बाहेकका खुला नाकाहरु बन्द गर्नुपर्ने मागगर्दै ब्यवसायीहरुले ध्यानाकर्षण गराएका हुन् ।

जिल्लाका ८ वटै उद्योग बाणिज्य संघका अध्यक्षहरुले संयुक्त हस्ताक्षर गर्दै कडाईका साथ नाका बन्द गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन् ।

अबैध नाकाबाट भईरहेको चोरी पैठारी र संक्रमण रोगको जोखिम बढेको भन्दै प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारलाई बर्दियाका व्यवसायीले ध्यानाकर्षण पत्र बुझाइएको उद्योग बाणिज्य संघ बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डेले जानकारी दिए ।

खुल्ला सिमानाका रहेको बर्दिया जिल्लामा कोरानो भाइरस महामारीको रुप लिन सक्ने भन्दै ध्याकर्षण गराइएको छ ।

करिब ८३ कि.मि. खुला सिमा रहेको बर्दियामा अवैध नाका प्रयोग गरि सामाना खरिद विक्री गर्ने कार्य तत्काल बन्द गर्न बर्दिया प्रशासनलाई ध्यानाकर्षण गराइएको हो ।

ध्यानकर्षण पत्र बुझदै प्रमुख जिल्ला अधिकारी सुनारले खुला सिमानाकाले संक्रमणको दर बढ्ने तथा चोरी पैठारी हुँदा आन्तरिक व्यापारी मुकदर्शक हुने प्रति बर्दिया प्रशासन गम्भिर रहेको बताउँदै थप सुदृढ पादै लैजाने प्रतिबद्धता व्यक्त गरे ।