Tue Jun 28 2022
मुख्य खबर

नेपाल प्रहरीमा तीन दर्जा थपिए

नेपाल प्रहरीको (नवौं संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ।

योसँगै प्रहरीमा थपिएका तीन पदमा बढुवा, बढुवा समय, पदकको अंक र नामहरूको विषयले आधिकारिकता पाएका छन्। नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि तीन वटा नयाँ दर्जा थप्न प्रस्ताव गरिएको थियो।

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली संशोधनका लागि गरेको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपनि राजपत्रमा प्रकाशित नहुँदा यसले कानुन सरहको मान्यता पाएको थिएन।

जवानबाट हवल्दारको बीचमा सहायक हवल्दार, हवल्दार र प्रहरी सहायक निरीक्षक (असई)को बीचमा वरिष्ठ हवल्दार र प्रहरी नायव निरीक्षक ९सई० र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को बीचमा वरिष्ठ नायब निरीक्षक तीन वटा दर्जा सिर्जना गरिएको छ।

नियमावली हेर्नुहोस्

प्रहरी (नवौँ संशोधन) नियमावली, २०७८