जोडिनुहोस
  • होमपेज
  • अफगानिस्तानका घरबारविहीन महिला व्यावसायिक तालिम लिदैँ

अफगानिस्तानका घरबारविहीन महिला व्यावसायिक तालिम लिदैँ

काबुल— तालिबानले अफगानिस्तानमा महिलाहरूको ब्यूटि पार्लरमा प्रतिबन्ध लगाएपछि, काबुलका एक व्यवसायी महिलाले ५० भन्दा बढी महिलाहरूलाई काम र व्यावसायिक तालिम दिएर मद्दत गरिरहेको टोलो न्यूजले उल्लेख गरेको छ।

व्यवसायी फ्रेशता हाश्मी सात वर्षदेखि साना व्यवसायमा संलग्न छिन् र अहिले घरबारविहीन महिला र विद्यार्थीहरूलाई सहयोग गर्न हस्तकला कार्यशालाहरू बनाएर महिलाहरूलाई सहयोग गर्दै आएकी छिन्।

‘मेरो लक्ष्य भनेको महिलाहरूले काम गर्ने हो ताकि उनीहरूले आफ्नो परिवारको लागि रोटीको लागि सहयोग गर्न सकुन् । इस्लामिक एमिरेटको सरकार आएदेखि, हाम्रो व्यापार घटेको छ, त्यहाँ कुनै बिक्री छैन, जनतासँग किन्न पैसा छैन,’ फ्रेशता हाश्मीले भनिन् ।

कार्यशालामा सहभागी केही महिला विद्यार्थीले स्वदेशी उत्पादनलाई सहयोग गर्न सरकारसँग आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका