एजेन्सी । कजाकस्तानमा एक साता लामो हिंसामा २२५ जनाको मृत्यु भएको छ ।
इन्धनको मूल्य बृद्धि विरुद्ध भएको प्रदर्शनमा उनीहरुको मृत्यु भएको सरकारले पुष्टि गरेको हो ।
मृत्यु हुनेमा २० जना सुरक्षाकर्मी पनि छन् । प्रदर्शनका क्रममा मारिएका सर्वसाधरणको सेनाले सामूहिक अन्त्येष्टि गरेको सर्वसाधारणले बताउँदै आएका थिए ।
यसअघि सेनाले ५० जनाको मृत्यु भएको जनाएको थियो । हिंसा चर्किँदै गएपछि कजाकस्तानका राष्ट्रपतिको आह्वानमा आन्दोलन दबाउन रुसी नेतृत्वको सेना परिचालन भएको थियो ।
प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकारले हतियार नबिसाउने प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिएको थियो ।