जोडिनुहोस
  • होमपेज
  • विषालु च्याउ खाँदा एक जनाको मृत्यु

विषालु च्याउ खाँदा एक जनाको मृत्यु

काठमाडौँ – जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने एक जना बिरामी भएका छन् ।

बिहीबार बिहान जंगलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका ४ का करे सार्कीका १८ वर्षका छोरा तुलबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिएका छन् । उनका अनुसार तुलबहादुरको हिजो दिउँसो साढे २ बजे ज्यान गएको हो ।

तुलबहादुरकी आमा ५० वर्षकी डिली सार्की गम्भीर बिरामी परेकी छन् । उनको नलगाड नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका