जोडिनुहोस
  • होमपेज
  • मध्यपुरथिमिको सडक अपाङ्ग मैत्री बनाइँदै

मध्यपुरथिमिको सडक अपाङ्ग मैत्री बनाइँदै

भादगाउँ । मध्यपुरथिमि नगरपालिकाका सडक अपाङ्ग मैत्री बनाउन थालिएको छ ।

नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडक धमाधम अपाङ्गमैत्री बनाउन थालिएको हो ।

सडकको दुवैतर्फ पैदलमार्ग निर्माण गर्ने र सो पैदलमार्गको बीच भागमा पहेँलो रेखाङ्कन गरिएको छुट्टै लाइन ट्याकटायल निर्माण गरी दृष्टिविहीनलाई पनि पैदल हिँड्न सहज हुनेगरी सडकलाई अपाङ्गता मैत्री बनाउन थालिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष कृष्णहरि आचार्यले बताए ।

उनका अनुसार वडा नं ३ को गट्ठाघरचोकदेखि वडा नं २ को सानोथिमि चोकसम्मको सडक अपाङ्गमैत्री भएको छ ।

थिमिस्थित मध्यपुर अस्पताल हुँदै सूर्यविनायक नगरपालिकाको गाम्चा जाने सडकको फुटपाथ निर्माणसँगै अपाङ्ग मैत्री बनाउने कार्य भइरहेको छ ।

यसैगरी छिट्टै अरनिको राजमार्गको चारदोबाटो चोकबाट बालकोट जाने सडकको हनुमन्ते पुलसम्मको सडकलाई पनि अपाङ्गमैत्री बनाइने र थिमि चारदोबाटोदेखि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल हुँदै सिद्धिकाली चोकसम्मको सडकलाई पनि अपाङ्गमैत्री बनाउने पहल भइरहेको प्रवक्ता आचार्यले जानकारी दिए ।

नगरपालिकाले सडकको मापदण्डअनुसार सिमाङ्कन गर्ने र सडक विभागले फुटपाथ निर्माण गरी सडकलाई अपाङ्गमैत्री बनाउने कार्य भइरहेको नगरप्रमुख श्रेष्ठले बताए ।

“हाललाई स्थायी संरचना नछुने अस्थायी संरचनालाई नछाड्ने नीतिअनुरुप सडकको मापदण्डबमोजिम सिमाङ्कन नगरपालिकाले गर्ने र ती सडकमा फुटपाथ निर्माण गरी पैदलयात्रीलाई मात्र होइन अपाङ्गता भएकालाई समेत आवतजावत गर्न सहज हुनेगरी सडक निर्माण भइरहेको छ”, उनले भने ।

सडकमा अपाङ्गमैत्री पैदलमार्ग निर्माणसँगै सडकको सौन्दर्यसमेत वृद्धि भएको स्थानीयवासीको भनाइ थियो । यसबाट दुर्घटनामा समेत कमी आउने अपेक्षा गरिएको छ ।

सानोथिमिबाट गठ्ठाघरतर्फ आउँदै गरेकी रिता श्रेष्ठले पैदलमार्गको निर्माणले निर्धक्कसँग हिँड्न पाइएको बताइन् ।

“बालबालिकालाई विद्यालय पुर्याउन र विद्यालयबाट फर्किंदा सधैँ यही बाटोबाट पैदल हिँड्नुपर्छ । पैदलमार्ग नहुँदा सडकबाट हिँड्नु पर्दथ्यो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका